८ तब हामानले राजा आहासुरसलाई यसो भने: “हजुरको साम्राज्यका सबै प्रान्तमा+ छरिएर बसेको एउटा जाति छ।+ तिनीहरूको चलन अरू सबै जातिको भन्दा फरक छ। तिनीहरू राजाको कानुन समेत पालन गर्दैनन्। तिनीहरूलाई केही गर्नुभएन भने राजाको ठूलो नोक्सानी हुनेछ।
१० राजाले उर्दीमा दस्तखत गरेको कुरा थाह पाउनेबित्तिकै दानिएल आफ्नो घर गए। तिनको घरको कौसीमा भएको कोठाका झ्यालहरू यरुसलेमतिर फर्केका थिए।+ त्यहाँ तिनले आफ्नो बानीअनुसारै दिनको तीन पटक घुँडा टेकेर आफ्ना परमेश्वरलाई प्रार्थना गरे र उहाँको प्रशंसा गरे।