प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:३८, ३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ तिमीहरू तितरबितर भएर जहाँ-जहाँ पुग्छौ, त्यहीँ नष्ट हुनेछौ+ र शत्रुहरूको देशले तिमीहरूलाई निल्नेछ। ३९ बाँकी रहेकाहरूलाई चाहिँ म शत्रुहरूको देशमै छोडिदिनेछु+ अनि तिनीहरू आफ्नो र आफ्नो पुर्खाको पापले गर्दा त्यहीँ कुहिँदै जानेछन्‌।+

  • १ राजा ९:७-९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ म इस्राएलीहरूलाई यस देशबाट नामेट पारिदिनेछु, जुन देश मैले तिनीहरूलाई दिएको थिएँ+ अनि मैले आफ्नो नामको निम्ति पवित्र पारेको यस भवनलाई म आफ्नो नजरबाट हटाइदिनेछु।+ तब सबै जातिका मानिसहरूमाझ इस्राएल हाँसोको* पात्र हुनेछ र इस्राएलको हालत देखेर सबै जना हाँस्नेछन्‌।+ ८ अनि यो भवन तहसनहस हुनेछ।+ यसको छेउबाट भएर जानेजति सबैले तीनछक परेर यसलाई हेर्नेछन्‌ र आफ्नो मुन्टो हल्लाउँदै* यसो भन्‍नेछन्‌, ‘यहोवा परमेश्‍वरले यो देश र यस भवनको किन यस्तो हालत बनाउनुभयो?’+ ९ अनि उनीहरूले भन्‍नेछन्‌, ‘तिनीहरूले आफ्ना पितापुर्खालाई मिश्रबाट छुटाएर ल्याउनुहुने आफ्ना परमेश्‍वर यहोवालाई त्यागे अनि अरू देवीदेवताको पछि लागेर तिनीहरूलाई दण्डवत्‌ गरे र पुजे। त्यसैले यहोवाले यी सबै विपत्ति तिनीहरूमाथि ल्याउनुभयो।’”+

  • भजन ७९:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७९ हे परमेश्‍वर, राष्ट्रहरूले तपाईँको सम्पत्तिमाथि आक्रमण गरेका छन्‌;+

      तपाईँको पवित्र मन्दिरलाई तिनीहरूले बिटुलो पारेका छन्‌;+

      यरुसलेमलाई तिनीहरूले भग्नावशेषको थुप्रो बनाइदिएका छन्‌।+

  • भजन ७९:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ हामी आफ्ना छिमेकीहरूको नजरमा घृणाको पात्र भएका छौँ;+

      वरपर रहेकाहरू हाम्रो ठट्टा गर्छन्‌ र हामीलाई हाँसोमा उडाउँछन्‌।

  • यर्मिया २४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ म तिनीहरूमाथि विपत्ति ल्याउनेछु। त्यो देखेर पृथ्वीका सबै राज्य डरले थरथर हुनेछन्‌।+ अनि मैले तिनीहरूलाई तितरबितर पारेका ठाउँहरूमा+ मानिसहरूले तिनीहरूलाई ठट्टा अनि खिसीको पात्र बनाउनेछन्‌, तिनीहरूलाई सराप्नेछन्‌+ र तिनीहरूको नाममा उखान बनाउनेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने