प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ११:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तब मोसाले यहोवा परमेश्‍वरलाई भने: “तपाईँ आफ्नो सेवकलाई किन दुःख दिनुहुन्छ? तपाईँलाई अप्रसन्‍न तुल्याउन मैले त्यस्तो के गरेँ, जसले गर्दा तपाईँ मलाई यी मानिसहरूको बोझ बोक्न लगाउनुहुन्छ?+

  • गन्ती ११:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तपाईँले मसित यस्तै व्यवहार गर्ने हो भने बिन्ती छ बरु मलाई मार्नुहोस्‌।+ तर तपाईँको निगाह पाएको छु भने योभन्दा धेरै दुर्दशा देख्न नपरोस्‌।”

  • १ राजा १९:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तब ईजेबेलले एक जना सन्देशवाहक पठाएर एलियालाई यस्तो धम्की दिइन्‌: “भोलि यही बेलासम्म मैले तेरो हालत पनि ती भविष्यवक्‍ताहरूको जस्तै बनाइनँ भने मेरा देवताहरूले मलाई त्यसै गरून्‌; अझ त्योभन्दा बढ्‌ता गरून्‌।”

  • १ राजा १९:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तिनी निर्जनभूमिमा एक दिनको बाटो हिँडे र एउटा झाडीमुनि गएर बसे। त्यसपछि तिनले मर्न पाऊँ भनी परमेश्‍वरलाई बिन्ती गर्न थाले। तिनले भने: “हे यहोवा! अब म सहन सक्दिनँ। मेरो ज्यान लिनुहोस्‌+ किनकि म आफ्ना पितापुर्खाभन्दा असल छैनँ।”

  • अय्युब ६:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ हाय! परमेश्‍वरले मेरो बिन्ती सुनिदिनुभए हुन्थ्यो,

      मेरो इच्छा पूरा गरिदिनुभए हुन्थ्यो।

       ९ उहाँले मलाई नाश गरिदिनुभए हुन्थ्यो,

      आफ्नै हातले मलाई खतम पारिदिनुभए हुन्थ्यो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने