प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १२६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२६ सियोनबाट कैदमा लगिएकाहरूलाई यहोवाले फर्काएर ल्याउनुहुँदा+

      हामीलाई सपना देखेझैँ लाग्यो।

  • यर्मिया २३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “त्यसपछि म बाँकी रहेका आफ्ना भेडाहरूलाई फर्काएर ल्याउनेछु। तिनीहरूलाई जहाँ-जहाँ तितरबितर पारेको थिएँ, ती सबै ठाउँबाट फर्काएर ल्याउनेछु।+ म तिनीहरूलाई तिनीहरूको खर्कमा फर्काउनेछु।+ त्यसपछि तिनीहरू फल्नेछन्‌-फुल्नेछन्‌ र सङ्‌ख्यामा बढ्‌दै जानेछन्‌।+

  • इजकिएल ३९:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ “त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘निर्वासित भएका याकुबका सन्तानलाई म फर्काएर ल्याउनेछु+ र इस्राएलको सम्पूर्ण घरानामाथि कृपा गर्नेछु।+ म आफ्नो पवित्र नाममा कुनै हालतमा कलङ्‌क लाग्न दिनेछैनँ।+

  • आमोस ९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ कैदमा लगिएको मेरो प्रजा इस्राएललाई म जम्मा गर्नेछु+

      अनि तिनीहरूले उजाड पारिएका सहरहरू पुनर्निर्माण गर्नेछन्‌ र तिनमा बसोबास गर्नेछन्‌;+

      तिनीहरूले अङ्‌गुर बगान लगाउनेछन्‌ र मद्य पिउनेछन्‌+

      अनि फलफूलका बगानहरू लगाउनेछन्‌ र त्यसका फलहरू खानेछन्‌।’+

  • मिका २:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ ए याकुब, म निश्‍चय नै तिमीहरू सबैलाई बटुल्नेछु;

      इस्राएलका बाँकी रहेकाहरूलाई म अवश्‍य भेला गर्नेछु।+

      गोठका भेडाहरूलाई जस्तै, खर्कमा चरिरहेको बगाललाई जस्तै

      म तिनीहरूलाई एक बनाउनेछु।+

      त्यहाँ जताततै मानिसहरूको स्वर सुनिनेछ।’+

  • मिका ४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० हे सियोनकी छोरी,

      बेथा लागेकी स्त्रीजस्तै छटपटाऊ र सुस्केरा हाल

      किनकि तिमी सहरबाट निस्केर मैदानमा बस्नेछ्यौ।

      तिमी टाढा बेबिलोनसम्म जानेछ्यौ+

      र त्यहाँ तिम्रो उद्धार गरिनेछ;+

      त्यहाँ यहोवाले मोल तिरेर तिमीलाई शत्रुहरूको हातबाट फिर्ता ल्याउनुहुनेछ।+

  • सपन्याह ३:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० त्यसबेला म तिमीहरूलाई फर्काएर ल्याउनेछु,

      त्यसबेला म तिमीहरूलाई एकसाथ जम्मा गर्नेछु।

      कैदमा परेका तिमीहरूका मानिसहरूलाई म तिमीहरूकै आँखाअगाडि फर्काएर ल्याउनेछु

      अनि पृथ्वीका सबै जातिसामु म तिमीहरूको प्रशंसा गराउनेछु र तिमीहरूले सम्मान पाउनेछौ,”+ यहोवा भन्‍नुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने