प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ६१:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ मेरा मानिसहरू लाजमा पर्नुपर्नेछैन बरु तिनीहरूले दोबर आशिष्‌ पाउनेछन्‌;

      तिनीहरूको अपमान हुनेछैन बरु आफूले पाएको भाग देखेर तिनीहरूले जयजयकार गर्नेछन्‌।

      हो, तिनीहरूले आफ्नो भूमिमा दोबर भाग पाउनेछन्‌+

      र तिनीहरू सदासर्वदा रमाउनेछन्‌।+

  • यर्मिया ३०:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “ए मेरो दास याकुब, नडराऊ

      अनि ए इस्राएल, भयभीत नहोऊ+

      किनकि म तिमीलाई टाढाको देशबाट छुटाउनेछु,

      र तिम्रा सन्तानलाई तिनीहरू कैदमा परेको देशबाट फर्काउनेछु।+

      याकुब आफ्नो भूमिमा फर्केर शान्तिपूर्वक बस्नेछ

      र कसैले पनि उसलाई तर्साउनेछैन।”+

  • यर्मिया ३३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ अनि यहुदा र इस्राएलबाट कैदमा लगिएकाहरूलाई फर्काएर ल्याउनेछु।+ म तिनीहरूलाई फेरि पहिलेजस्तै बलियो बनाउनेछु।+

  • यर्मिया ३३:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अनि यस सहरका बासिन्दाहरूका लागि मैले गरेका असल कामहरूबारे सुनेर देश-देशका मानिसहरूले मेरो महिमा गर्नेछन्‌ र मेरो प्रशंसा गर्नेछन्‌। अनि मानिसहरूको नजरमा यो एउटा सुन्दर सहर हुनेछ।+ यस सहरमा मैले गर्ने असल कामहरूबारे र मैले यसलाई दिने शान्तिबारे सुनेर मानिसहरू डरले थरथर काँप्नेछन्‌।’”+

  • इजकिएल ३९:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ “त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘निर्वासित भएका याकुबका सन्तानलाई म फर्काएर ल्याउनेछु+ र इस्राएलको सम्पूर्ण घरानामाथि कृपा गर्नेछु।+ म आफ्नो पवित्र नाममा कुनै हालतमा कलङ्‌क लाग्न दिनेछैनँ।+

  • इजकिएल ३९:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ म तिनीहरूलाई शत्रुहरूको देशबाट एकसाथ जम्मा पार्नेछु र तिनीहरूकै देशमा फिर्ता लैजानेछु।+ यसरी म तिनीहरूमाझ आफूलाई पवित्र पार्नेछु र जातिजातिले म पवित्र परमेश्‍वर हुँ भनेर देख्नेछन्‌।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने