-
इजकिएल २२:२५, २६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ तिम्रा भविष्यवक्ताहरू षड्यन्त्र रच्छन्।+ तिनीहरू गर्जँदै आफ्नो सिकारलाई लुछलाछ पार्ने सिंहजस्ता छन्।+ ती भविष्यवक्ताहरू मानिसहरूलाई निल्न तिनीहरूमाथि जाइलाग्छन्। खरखजाना र बहुमूल्य कुराहरू तिनीहरू खोसेर लिन्छन्। तिनीहरूले गर्दा धेरै जना विधवा भएका छन्। २६ तिम्रा पुजारीहरूले मेरा आज्ञाहरू तोडेका छन्+ र तिनीहरू मेरा पवित्र ठाउँहरूलाई बिटुलो पार्छन्।+ कुन कुरालाई पवित्र मान्नुपर्छ अनि कुनलाई पर्दैन, त्यसको तिनीहरूलाई वास्तै छैन।+ शुद्ध के हो र अशुद्ध के हो, त्यो तिनीहरूले अरूलाई सिकाएकै छैनन्।+ तिनीहरू मेरो विश्रामदिन पालन गर्दैनन्। तिनीहरूले मेरो अपमान गरेका छन्।
-