प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ११:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यस दिन यहोवाले दोस्रो पटक आफ्नो हात पसार्नुहुनेछ। अस्सेरिया,+ मिश्र,+ पाथ्रोस,+ कुस,+ एलाम,+ सिनार,* हमाथ र समुद्रका टापुहरूमा बाँकी रहेका आफ्ना मानिसहरूलाई जम्मा गर्न उहाँले हात पसार्नुहुनेछ।+ १२ जातिजातिका मानिसहरूमाझ उहाँले झन्डा ठड्‌याउनुहुनेछ+ अनि इस्राएल र यहुदाबाट पृथ्वीको चारै कुनामा छरिएकाहरूलाई एकै ठाउँमा भेला गर्नुहुनेछ।+

  • यसैया २७:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ ए इस्राएलका मानिसहरू हो,+ त्यस दिन यहोवाले युफ्रेटिस नदीदेखि मिश्रको वादीसम्मका* फलहरू झारिदिनुहुनेछ+ र एक-एक गरी तिमीहरूलाई बटुल्नुहुनेछ।

  • इजकिएल २८:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ “‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “जब म इस्राएलको घरानालाई तिनीहरू तितरबितर भएका सबै देशबाट फेरि जम्मा गर्नेछु,+ तब इस्राएलीहरूसामु म आफूलाई पवित्र तुल्याउनेछु र जातिजातिले त्यो देख्नेछन्‌।+ तब मैले मेरो दास याकुबलाई दिएको+ देशमा इस्राएलीहरू आएर बस्नेछन्‌।+

  • इजकिएल ३४:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “‘ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, “मेरा भेडाहरूलाई म आफै खुवाउनेछु+ र तिनीहरूलाई आराम गर्न दिनेछु।+ १६ हराएकाहरूलाई म खोजेर ल्याउनेछु,+ बाटो बिराएर बगालबाट यताउता लागेकाहरूलाई फर्काएर ल्याउनेछु, घाइतेहरूलाई मलहमपट्टी लगाइदिनेछु र कमजोरहरूलाई बलियो पार्नेछु। तर मोटाघाटा र बलियाको म इन्साफ गर्नेछु र तिनीहरूलाई नाश गर्नेछु।”

  • आमोस ९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ कैदमा लगिएको मेरो प्रजा इस्राएललाई म जम्मा गर्नेछु+

      अनि तिनीहरूले उजाड पारिएका सहरहरू पुनर्निर्माण गर्नेछन्‌ र तिनमा बसोबास गर्नेछन्‌;+

      तिनीहरूले अङ्‌गुर बगान लगाउनेछन्‌ र मद्य पिउनेछन्‌+

      अनि फलफूलका बगानहरू लगाउनेछन्‌ र त्यसका फलहरू खानेछन्‌।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने