प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस ४:३-९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “लौ सुन। एक जना बिउ छर्ने मानिस बिउ छर्नलाई निस्क्यो।+ ४ बिउ छर्दै जाँदा केही बिउ बाटोको छेउछाउमा परे अनि चराहरू आएर ती खाइदिए। ५ अरू केहीचाहिँ चट्टानमा परे, जहाँ त्यति माटो थिएन अनि माटो गहिरो नभएकोले ती तुरुन्तै टुसाइहाले।+ ६ तर घाम लागेपछि ती ओइलाए अनि जरा लाग्न नपाएकोले सुकिहाले। ७ अरू केही बिउचाहिँ काँडाहरूको बीचमा परे अनि काँडाहरू बढ्‌दै जाँदा ती निसासिए र कुनै फल फलाएनन्‌।+ ८ तर बाँकी भने असल माटोमा परे अनि अङ्‌कुराएर बढे र तिनीहरूले फल फलाउन थाले—कुनैले ३० गुणा, कुनैले ६० गुणा अनि कुनैले १०० गुणा।”+ ९ त्यसपछि उहाँले यसो पनि भन्‍नुभयो: “जसको सुन्‍ने कान छ, उसले सुनोस्‌।”+

  • लुका ८:४-८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तब उहाँसँगै एकपछि अर्को सहरमा जाने मानिसहरूसित एउटा ठूलो जमात भेला भएपछि उहाँले एउटा उदाहरण चलाएर तिनीहरूसित कुरा गर्नुभयो:+ ५ “एक जना बिउ छर्ने मानिस बिउ छर्नलाई निस्क्यो। बिउ छर्दै जाँदा तीमध्ये केही बाटोको छेउछाउमा परे र ती कुल्चिइए अनि आकाशका चराहरू आएर ती खाइदिए।+ ६ अरूचाहिँ चट्टानमा परे तर त्यो ठाउँ त्यति ओसिलो नभएकोले ती बिउ टुसाउनेबित्तिकै सुकिहाले।+ ७ अझ अरूचाहिँ काँडाहरूको बीचमा परे अनि सँगसँगै बढेका काँडाहरूले गर्दा ती निसासिए।+ ८ अरू केही भने असल माटोमा परे अनि टुसाएपछि १०० गुणा फल फलाए।”+ यी कुराहरू भन्दाभन्दै उहाँले ठूलो स्वरले यसो पनि भन्‍नुभयो: “जसको सुन्‍ने कान छ, उसले सुनोस्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने