प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी २:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तर जस्तो लेखिएको छ: “आँखाले नदेखेका, कानले नसुनेका अनि मानिसहरूको मनले नबुझेका कुराहरू परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका लागि तयार पार्नुभएको छ।”+ १० परमेश्‍वरले आफ्नो पवित्र शक्‍तिद्वारा+ यी कुराहरू हामीलाई प्रकट गर्नुभएको छ+ किनकि पवित्र शक्‍तिले सबै कुरा, परमेश्‍वरका गहिरा कुराहरूसमेत+ खोजतलास गर्छ।

  • एफिसी १:९-१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अर्थात्‌ उहाँले आफ्नो इच्छाको पवित्र रहस्य+ हामीलाई प्रकट गर्नुभएको छ। यो रहस्य उहाँले पहिल्यै निर्धारण गर्नुभएको उद्देश्‍यसित सम्बन्धित छ। १० तोकिएको समय सकिएपछि यस पवित्र रहस्यमा एउटा प्रबन्धको सुरुवात गर्नु समावेश छ अर्थात्‌ स्वर्गका कुराहरू अनि पृथ्वीका कुराहरूलाई ख्रिष्टमा फेरि जम्मा गर्नु।+ हो, ख्रिष्टमा, ११ जससित हामी एकतामा छौँ र हामीलाई उत्तराधिकारीको रूपमा पनि नियुक्‍त गरिएको छ।+ किनकि परमेश्‍वर, जसले सबै कुरा आफ्नो इच्छाबमोजिम गर्नुहुन्छ, उहाँले नै आफ्नो उद्देश्‍यबमोजिम हामीलाई उत्तराधिकारीको रूपमा पहिल्यै नियुक्‍त गर्नुभएको थियो १२ ताकि ख्रिष्टमा सबैभन्दा पहिला आशा राख्ने हामीद्वारा परमेश्‍वरको प्रशंसा अनि महिमा होस्‌।

  • कलस्सी १:२६, २७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ जसमा त्यो पवित्र रहस्य+ पनि समावेश छ, जुन युगौँयुग* अनि पुस्तौँपुस्तादेखि लुकाइराखिएको थियो।+ तर अब भने त्यो रहस्य उहाँका पवित्र जनहरूलाई प्रकट गरिएको छ।+ २७ जातिजातिका मानिसहरूमाझ प्रकट गरिएको यो अनमोल धन अर्थात्‌ पवित्र रहस्य पवित्र जनहरूलाई प्रकट गर्न परमेश्‍वरलाई असल लाग्यो।+ यो रहस्य ख्रिष्ट हुनुहुन्छ, जो तिमीहरूसित एकतामा हुनुहुन्छ र जससित महिमित हुने आशा तिमीहरूले राखेका छौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने