९ यही कारणले गर्दा परमेश्वरले उहाँलाई अझ उच्च पद दिनुभयो+ र दयालु भई अरू सबै नामभन्दा उत्तम नाम दिनुभयो+१० ताकि स्वर्गका, पृथ्वीका र जमिनमुनिका हरेकले येसुको नाममा घुँडा टेकून्+
१९ किनकि परमेश्वरलाई यही असल लाग्यो कि उहाँ सबै थोकमा पूर्ण होऊन्+२० र उहाँले यातनाको खम्बामा* बगाउनुभएको रगतद्वारा+ शान्ति कायम गरेर अरू सबै थोक+—चाहे ती पृथ्वीका होऊन् वा स्वर्गका, सबैलाई उहाँद्वारै आफूसित मिलापमा ल्याउन सकियोस्।