-
मर्कुस ६:१-६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ अनि उहाँ त्यो ठाउँ छोडेर आफ्नो गृहनगर पुग्नुभयो+ र उहाँका चेलाहरू पनि उहाँको पछि लागे। २ जब विश्रामदिन* आयो, तब उहाँले सभाघरमा सिकाउन थाल्नुभयो। उहाँको कुरा सुन्नेहरूमध्ये धेरै जना छक्क परे र यसो भने: “यस मानिसले यस्तो कुरा कहाँबाट सिक्यो?+ यस मानिसले यस्तो बुद्धि कसरी पायो? यसलाई यस्तो शक्तिशाली कामहरू गर्ने क्षमता कसले दियो?+ ३ के यो त्यही सिकर्मी होइन?+ के यो मरियमको छोरा+ अनि याकुब,+ युसुफ, यहुदा र सिमोनको दाइ होइन र?+ अनि के यसका बहिनीहरू यहाँ हामीमाझ नै छैनन् र?” त्यसैले तिनीहरूले उहाँमाथि विश्वास गर्न चाहेनन्। ४ तब येसुले तिनीहरूलाई भन्नुभयो: “भविष्यवक्ताले सबै ठाउँमा आदर पाउँछ तर आफ्नै इलाकामा, आफ्नै नातागोताको बीचमा र आफ्नै घरमा भने पाउँदैन।”+ ५ त्यसैले उहाँले त्यहाँ केही बिरामीहरूमाथि आफ्नो हात राखेर तिनीहरूलाई निको पार्नेबाहेक अरू कुनै शक्तिशाली काम गर्नुभएन। ६ हो, तिनीहरूले विश्वास नगरेको देखेर उहाँ छक्क पर्नुभयो। अनि उहाँले वरपरका गाउँहरूमा गएर सिकाउनुभयो।+
-