-
मत्ति १३:५४-५८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५४ अनि आफ्नो गृहनगर पुगेपछि+ उहाँले तिनीहरूको सभाघरमा सिकाउन थाल्नुभयो। उहाँको कुरा सुनेर तिनीहरू छक्क परे र यसो भने: “यस मानिसले यस्तो बुद्धि र शक्तिशाली कामहरू गर्ने क्षमता कहाँबाट पायो?+ ५५ के यो त्यही सिकर्मीको छोरा होइन?+ अनि के यसकी आमाको नाम मरियम अनि भाइहरूको नाम याकुब, युसुफ, सिमोन र यहुदा होइन?+ ५६ के यसका बहिनीहरू सबै यहाँ हामीमाझ नै छैनन्? त्यसोभए यस मानिसले यी सबै कुरा कहाँबाट पायो?”+ ५७ त्यसैले तिनीहरूले उहाँमाथि विश्वास गर्न चाहेनन्।+ तब येसुले तिनीहरूलाई भन्नुभयो: “भविष्यवक्ताले सबै ठाउँमा आदर पाउँछ तर आफ्नै इलाका र आफ्नै घरमा भने पाउँदैन।”+ ५८ तिनीहरूले विश्वास नगरेको हुनाले उहाँले त्यहाँ शक्तिशाली काम धेरै गर्नुभएन।
-