-
मर्कुस ८:२७-२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ तब त्यहाँबाट येसु र उहाँका चेलाहरू सिजरिया फिलिप्पीका गाउँहरूतिर जानलाई निस्कनुभयो र बाटोमा जाँदै गर्दा उहाँले चेलाहरूलाई सोध्न थाल्नुभयो: “म को हुँ भन्नेबारे मानिसहरू के भन्दै छन्?”+ २८ तिनीहरूले उहाँलाई भने: “कसैले बप्तिस्मा गराउने युहन्ना,+ कसैले एलिया+ अनि कसै-कसैले चाहिँ भविष्यवक्ताहरूमध्ये कोही एक जना हो भन्छन्।” २९ उहाँले तिनीहरूलाई फेरि सोध्नुभयो: “तर तिमीहरूचाहिँ के भन्छौ, म को हुँ?” पत्रुसले उहाँलाई जवाफ दिए: “तपाईँ ख्रिष्ट हुनुहुन्छ।”+
-
-
लुका ९:१८-२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ पछि उहाँ एक्लै प्रार्थना गरिरहनुहुँदा चेलाहरू उहाँकहाँ आए र उहाँले तिनीहरूलाई सोध्नुभयो: “म को हुँ भन्नेबारे भीड के भन्दै छ?”+ १९ तिनीहरूले जवाफ दिए: “कसैले बप्तिस्मा गराउने युहन्ना, कसैले एलिया अनि कसै-कसैले चाहिँ पहिले-पहिलेका भविष्यवक्ताहरूमध्ये जीवित भएका कोही एक जना हो भन्छन्।”+ २० अनि उहाँले तिनीहरूलाई सोध्नुभयो: “तर तिमीहरूचाहिँ के भन्छौ, म को हुँ?” पत्रुसले जवाफ दिए: “परमेश्वरको ख्रिष्ट।”+
-