-
मत्ति १६:१३-१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तब सिजरिया फिलिप्पीको इलाकामा पुगेपछि येसुले आफ्ना चेलाहरूलाई सोध्नुभयो: “मानिसको छोरा को हो भन्नेबारे मानिसहरू के भन्दै छन्?”+ १४ तिनीहरूले भने: “कसैले बप्तिस्मा गराउने युहन्ना,+ कसैले एलिया+ अनि कसै-कसैले चाहिँ यर्मिया वा भविष्यवक्ताहरूमध्ये कोही एक जना हो भन्छन्।” १५ उहाँले तिनीहरूलाई भन्नुभयो: “तर तिमीहरूचाहिँ के भन्छौ, म को हुँ?” १६ सिमोन पत्रुसले जवाफ दिए: “तपाईँ जीवित परमेश्वरका छोरा,+ ख्रिष्ट हुनुहुन्छ।”+
-
-
मर्कुस ८:२७-३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ तब त्यहाँबाट येसु र उहाँका चेलाहरू सिजरिया फिलिप्पीका गाउँहरूतिर जानलाई निस्कनुभयो र बाटोमा जाँदै गर्दा उहाँले चेलाहरूलाई सोध्न थाल्नुभयो: “म को हुँ भन्नेबारे मानिसहरू के भन्दै छन्?”+ २८ तिनीहरूले उहाँलाई भने: “कसैले बप्तिस्मा गराउने युहन्ना,+ कसैले एलिया+ अनि कसै-कसैले चाहिँ भविष्यवक्ताहरूमध्ये कोही एक जना हो भन्छन्।” २९ उहाँले तिनीहरूलाई फेरि सोध्नुभयो: “तर तिमीहरूचाहिँ के भन्छौ, म को हुँ?” पत्रुसले उहाँलाई जवाफ दिए: “तपाईँ ख्रिष्ट हुनुहुन्छ।”+ ३० अनि उहाँले तिनीहरूलाई उहाँबारे कसैलाई नबताउनू भनी कडा चेतावनी दिनुभयो।+
-