-
लुका १५:३-७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ अनि उहाँले तिनीहरूलाई यो उदाहरण सुनाउनुभयो: ४ “तिमीहरूमध्ये कुनचाहिँ मानिस यस्तो होला, जसका १०० वटा भेडा छन् र तीमध्ये एउटा हरायो भने ९९ लाई निर्जनभूमिमै छोडेर त्यो हराएको भेडा नभेट्टाउन्जेल त्यसलाई खोज्दैन?+ ५ अनि भेट्टाएपछि उसले त्यसलाई आफ्नो काँधमा राख्छ र रमाउँछ। ६ तब घर पुगेपछि आफ्ना साथीभाइ र छिमेकीहरूलाई बोलाएर उसले यसो भन्छ: ‘तिमीहरू पनि मसँगै रमाओ किनभने मैले आफ्नो हराएको भेडा भेट्टाएको छु।’+ ७ म तिमीहरूलाई भन्छु, त्यसरी नै एक जना पापीले पश्चात्ताप गर्दा स्वर्गमा जति रमाहट हुन्छ,+ त्यति रमाहट पश्चात्तापको कुनै खाँचो नभएको ९९ जना धर्मी मानिसका लागि हुँदैन।
-