१७ यदि हामी उहाँका सन्तान हौँ भने उत्तराधिकारी पनि हौँ, परमेश्वरको उत्तराधिकारी अनि ख्रिष्टका सङ्गी उत्तराधिकारी।+ यदि हामी उहाँसँगै दुःख भोग्छौँ भने+ उहाँसँगै महिमित पनि हुनेछौँ।+
७ अनि तिमीहरूको विषयमा हाम्रो आशा दृढ छ किनकि हामीलाई थाह छ, जसरी तिमीहरूले हामीसँगसँगै कष्ट भोगिरहेका छौ, त्यसरी नै तिमीहरूले हामीसँगै सान्त्वना पनि पाउनेछौ।+
९ म युहन्ना, तिमीहरूको भाइ अनि येसुको चेला भएको नाताले तिमीहरूसँगसँगै सङ्कष्ट भोग्ने,+ राज्य गर्ने+ अनि सहने+ मानिस हुँ।+ परमेश्वरको विषयमा बोलेकोले अनि येसुबारे साक्षी दिएकोले म पत्मोस नाम गरेको टापुमा थिएँ।