-
मर्कुस १२:१३-१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ त्यसपछि उहाँले बोल्नुभएकै कुरामा उहाँलाई फसाउन तिनीहरूले केही फरिसीहरू र हेरोदवादीहरूलाई उहाँकहाँ पठाए।+ १४ तिनीहरू त्यहाँ पुगेपछि उहाँलाई भने: “गुरुज्यू, हामीलाई थाह छ, तपाईँ सधैँ साँचो कुरा बोल्नुहुन्छ र अरूको वाहवाही खोज्नुहुन्न किनकि तपाईँ मानिसहरूको रूप हेरेर व्यवहार गर्नुहुन्न तर परमेश्वरको मार्गबारे सत्य कुरा सिकाउनुहुन्छ। हामीलाई भन्नुहोस्, सिजरलाई* कर तिर्नु उचित हो कि होइन? १५ हामी कर तिरौँ कि नतिरौँ?” तिनीहरूको कपट थाह पाएर उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू किन मेरो परीक्षा लिन्छौ? मलाई एक दिनारको* सिक्का देखाओ।” १६ तिनीहरूले एउटा सिक्का ल्याए। अनि उहाँले तिनीहरूलाई सोध्नुभयो: “यसमा कसको चित्र र नाम छ?” तिनीहरूले उहाँलाई जवाफ दिए: “सिजरको।” १७ तब येसुले भन्नुभयो: “जे-जे सिजरका हुन्, सिजरलाई+ र जे-जे परमेश्वरका हुन्, परमेश्वरलाई देओ।”+ उहाँको जवाफ सुनेर तिनीहरू जिल्ल परे।
-
-
लुका २०:२०-२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० त्यसैले उहाँले बोल्नुभएकै कुरामा उहाँलाई फसाएर+ सरकारको र राज्यपालको हातमा सुम्पन तिनीहरूले उहाँको चियो गरे। त्यसपछि तिनीहरूले भाडाका केही मानिसलाई उहाँकहाँ पठाए र उनीहरूलाई धर्मी मानिस भइटोपल्न लगाए। २१ अनि ती मानिसहरूले उहाँलाई सोधे: “गुरुज्यू, हामीलाई थाह छ, तपाईँ ठीकठीक बोल्नुहुन्छ र सिकाउनुहुन्छ अनि कसैको पक्षपात गर्नुहुन्न बरु परमेश्वरको मार्गबारे सत्य कुरा सिकाउनुहुन्छ। २२ हामीले सिजरलाई* कर तिर्नु उचित हो कि होइन?” २३ तर तिनीहरूको धुर्त्याइँ थाह पाएर उहाँले यसो भन्नुभयो: २४ “मलाई एक दिनारको* सिक्का देखाओ। यसमा कसको चित्र र नाम छ?” तिनीहरूले जवाफ दिए: “सिजरको।” २५ तब उहाँले तिनीहरूलाई भन्नुभयो: “त्यसैले हरहालतमा, जे-जे सिजरका हुन्, सिजरलाई+ र जे-जे परमेश्वरका हुन्, परमेश्वरलाई देओ।”+ २६ उहाँले बोल्नुभएको कुरामा तिनीहरूले उहाँलाई मानिसहरूसामु फसाउन सकेनन् बरु उहाँको जवाफ सुनेर तिनीहरू छक्क परे अनि चुप लागे।
-