प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २२:१५-२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसपछि फरिसीहरू त्यहाँबाट निस्के र उहाँले बोल्नुभएकै कुरामा उहाँलाई कसरी फसाउने भनी षड्‌यन्त्र रच्न थाले।+ १६ त्यसैले तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदवादीहरूसित उहाँकहाँ पठाए+ र यसो भन्‍न लगाए: “गुरुज्यू, हामीलाई थाह छ, तपाईँ सधैँ साँचो कुरा बोल्नुहुन्छ र परमेश्‍वरको मार्ग ठीकसित सिकाउनुहुन्छ अनि तपाईँ अरूको वाहवाही खोज्नुहुन्‍न किनकि तपाईँ मानिसहरूको मुख हेरेर व्यवहार गर्नुहुन्‍न। १७ त्यसकारण तपाईँलाई कस्तो लाग्छ, हामीलाई भन्‍नुहोस्‌: सिजरलाई* कर तिर्नु उचित हो कि होइन?” १८ तर तिनीहरूको दुष्ट विचार थाह पाएर येसुले भन्‍नुभयो: “ए कपटीहरू, तिमीहरू किन मेरो परीक्षा लिन्छौ? १९ कर तिर्ने सिक्का मलाई देखाओ।” तिनीहरूले उहाँकहाँ एक दिनारको* सिक्का ल्याए। २० अनि उहाँले तिनीहरूलाई सोध्नुभयो: “यसमा कसको चित्र र नाम छ?” २१ तिनीहरूले जवाफ दिए: “सिजरको।” तब उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जे-जे सिजरका हुन्‌, सिजरलाई र जे-जे परमेश्‍वरका हुन्‌, परमेश्‍वरलाई देओ।”+ २२ यो सुनेर तिनीहरू जिल्ल परे अनि उहाँलाई छोडेर गए।

  • लुका २०:२०-२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० त्यसैले उहाँले बोल्नुभएकै कुरामा उहाँलाई फसाएर+ सरकारको र राज्यपालको हातमा सुम्पन तिनीहरूले उहाँको चियो गरे। त्यसपछि तिनीहरूले भाडाका केही मानिसलाई उहाँकहाँ पठाए र उनीहरूलाई धर्मी मानिस भइटोपल्न लगाए। २१ अनि ती मानिसहरूले उहाँलाई सोधे: “गुरुज्यू, हामीलाई थाह छ, तपाईँ ठीकठीक बोल्नुहुन्छ र सिकाउनुहुन्छ अनि कसैको पक्षपात गर्नुहुन्‍न बरु परमेश्‍वरको मार्गबारे सत्य कुरा सिकाउनुहुन्छ। २२ हामीले सिजरलाई* कर तिर्नु उचित हो कि होइन?” २३ तर तिनीहरूको धुर्त्याइँ थाह पाएर उहाँले यसो भन्‍नुभयो: २४ “मलाई एक दिनारको* सिक्का देखाओ। यसमा कसको चित्र र नाम छ?” तिनीहरूले जवाफ दिए: “सिजरको।” २५ तब उहाँले तिनीहरूलाई भन्‍नुभयो: “त्यसैले हरहालतमा, जे-जे सिजरका हुन्‌, सिजरलाई+ र जे-जे परमेश्‍वरका हुन्‌, परमेश्‍वरलाई देओ।”+ २६ उहाँले बोल्नुभएको कुरामा तिनीहरूले उहाँलाई मानिसहरूसामु फसाउन सकेनन्‌ बरु उहाँको जवाफ सुनेर तिनीहरू छक्क परे अनि चुप लागे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने