-
उत्पत्ति ३८:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ यहुदाको पहिलो सन्तान एर यहोवा परमेश्वरको नजरमा दुष्ट थियो। त्यसैकारण यहोवा परमेश्वरले एरको ज्यान लिनुभयो। ८ त्यसपछि यहुदाले ओनानलाई भने: “भाउजूसित विवाह गरेर देवरले गर्नुपर्ने कर्तव्य पूरा गर र दाइको निम्ति सन्तान जन्माऊ।”+
-
-
व्यवस्था २५:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ “सगोलमा बस्ने दाजुभाइमध्ये एक जनाको मृत्यु भयो र तिनको कुनै छोरा छैन भने तिनकी विधवाले परिवारबाहिरको मानिससँग विवाह नगरून्। बरु उनको देवर वा जेठाजुले उनीसित विवाह गरून् र आफ्नो कर्तव्य पूरा गरून्।+ ६ अनि तिनीहरूबाट जन्मेको पहिलो सन्तानले मरिसकेको दाजु वा भाइको वंश कायम गरून्।+ यसरी इस्राएलबाट तिनको नाम मेटिन नपाओस्।+
-
-
रुथ १:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तर नाओमीले तिनीहरूलाई भनिन्: “छोरीहरू, तिमीहरू फर्क! तिमीहरू मसित गएर के गर्छौ? तिमीहरूसित विवाह गराइदिनको लागि के म अझै पनि छोराहरू जन्माउन सक्छु र?+
-