-
१ कोरिन्थी ११:२३-२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ प्रभुबाट मैले जे पाएँ, तिमीहरूलाई त्यही सिकाएँ। यही कि जुन रात+ प्रभु येसुलाई धोका दिइने थियो, त्यो रात उहाँले रोटी लिनुभयो २४ र धन्यवाद चढाएपछि भाँचेर यसो भन्नुभयो: “यो तिमीहरूका लागि दिइने मेरो शरीरको प्रतीक हो।+ मेरो सम्झनामा यो गर्ने गर।”+ २५ साँझको खाना खाइसकेपछि उहाँले कचौरा लिएर त्यसै गर्नुभयो+ र भन्नुभयो: “यो कचौरा त्यो नयाँ करारको+ प्रतीक हो, जो मेरो रगतको आधारमा बाँधिनेछ।+ जब-जब तिमीहरू यसबाट पिउँछौ, तब-तब मेरो सम्झनामा यो गर्ने गर।”+ २६ किनकि जब-जब तिमीहरू यो रोटी खान्छौ अनि यो कचौराबाट पिउँछौ, प्रभु नआउन्जेल तिमीहरूले उहाँको मृत्युको घोषणा गरिरहेका हुन्छौ।
-