प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १४:४३-४७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४३ उहाँ बोल्दै गर्नुहुँदा ती १२ जनामध्ये एक, यहुदा आइपुगिहाले र मुख्य पुजारीहरू, शास्त्रीहरू र धर्मगुरुहरूले पठाएको एउटा जमात पनि तिनीसँगै तरबार र लाठाहरू लिएर आयो।+ ४४ उहाँलाई धोका दिनेले तिनीहरूलाई एउटा यस्तो सङ्‌केत दिने सहमति पहिल्यै गरिसकेका थिए: “म जसलाई चुम्बन गर्छु, उहाँ नै तिमीहरूले खोजेको मानिस हुनुहुन्छ; तिमीहरूले उहाँलाई पक्रनू र होसियारीसाथ लैजानू।” ४५ अनि तिनी सोझै उहाँकहाँ गए र यसो भने: “हे रब्बी!” अनि उहाँलाई चुम्बन गरे। ४६ तब तिनीहरूले उहाँलाई पक्रेर हिरासतमा लिए। ४७ तर त्यहाँ उभिरहेको एक जनाले आफ्नो तरबार थुत्यो र प्रधानपुजारीको दासलाई प्रहार गरेर उसको कान च्वाट्टै काटिदियो।+

  • लुका २२:४७-५१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४७ उहाँ बोल्दै गर्नुहुँदा हेर! एउटा जमात आयो। अनि ती १२ जनामध्ये एक, यहुदा तिनीहरूको अघिअघि थिए। तिनी येसुलाई चुम्बन गर्न उहाँको छेउमा गए।+ ४८ तर येसुले तिनलाई भन्‍नुभयो: “यहुदा, के तिमी मानिसको छोरालाई चुम्बन गरेर उसलाई धोका दिँदै छौ?” ४९ के हुँदै छ भन्‍ने देखेर उहाँको वरपर हुनेहरूले यसो भने: “प्रभु, के हामी तरबारले हानौँ?” ५० तिनीहरूमध्ये एक जनाले प्रधानपुजारीको दासलाई प्रहार गरेर उसको दाहिने कान च्वाट्टै काटिदियो।+ ५१ तर येसुले भन्‍नुभयो: “बस्‌, अब अरू केही नगर।” त्यसपछि उहाँले उसको कान छोएर निको पारिदिनुभयो।

  • युहन्‍ना १८:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसैले सैनिकहरूको एउटा दल अनि मुख्य पुजारीहरूले र फरिसीहरूले* पठाएका मन्दिरका पहरेदारहरूलाई लिएर यहुदा त्यहाँ पुगे। तिनीहरूले राँको, बत्ती अनि हातहतियार बोकेका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने