-
मर्कुस १५:१६-२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तब सिपाहीहरूले उहाँलाई राज्यपालको निवासभित्र चोकमा लगे र तिनीहरूले सेनाको पूरै टुकडीलाई त्यहाँ बोलाए।+ १७ अनि तिनीहरूले उहाँलाई बैजनी रङ्गको लुगा लगाइदिए र काँडाको मुकुट उनेर पहिराइदिए। १८ अनि तिनीहरूले चिच्याउँदै यसो भन्न थाले: “हे यहुदीहरूका राजा, प्रणाम!”*+ १९ साथै तिनीहरूले उहाँलाई नर्कटले शिरमा हिर्काए, उहाँलाई थुके अनि घुँडा टेकेर दण्डवत् गरे। २० अनि गिज्याउनुसम्म गिज्याएपछि अन्तमा तिनीहरूले उहाँको बैजनी रङ्गको लुगा फुकालेर उहाँकै लुगा लगाइदिए अनि उहाँलाई खम्बामा टाँग्न लगे।+
-