-
१ राजा २२:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ त्यसैले तिनले भने: “सबै इस्राएली डाँडाहरूमा तितरबितर भइरहेको म देख्दै छु;+ तिनीहरू गोठालो नभएका भेडाहरूजस्तै भएका छन्। यहोवा परमेश्वरले यसो भन्नुभएको छ: ‘यिनीहरूको कोही मालिक छैन। यिनीहरू सबै शान्तिपूर्वक आ-आफ्नो घर फर्कून्।’”
-
-
इजकिएल ३४:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ हेरचाह गर्ने गोठालो नभएकोले ती भेडाहरू यताउता लागे।+ तिनीहरू छरपस्ट भए र जङ्गली जनावरको सिकार बन्न पुगे।
-
-
इजकिएल ३४:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ ‘ब्रह्माण्डका मालिक यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “म आफ्नै कसम खाएर भन्छु, म पक्कै कदम चाल्नेछु। किनकि हेरचाह गर्ने गोठालाहरू नभएकोले मेरा भेडाहरू जङ्गली जनावरको सिकार भएका छन्। मैले छानेका गोठालाहरूले मेरा भेडाहरूको खोजी गरेनन्। तिनीहरूले मेरा भेडाहरूलाई खुवाएनन् बरु उल्टै आफूलाई पोसे।”’
-