प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १४:१५-२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तर साँझ परेपछि चेलाहरूले उहाँकहाँ आएर यसो भने: “यो ठाउँ अनकन्टार छ र दिन पनि निकै ढलिसक्यो। त्यसैले यो भीडलाई पठाइदिनुहोस्‌ र तिनीहरूले गाउँमा गएर आफ्नो निम्ति खानेकुरा किनून्‌।”+ १६ तर येसुले भन्‍नुभयो: “उनीहरू जानु आवश्‍यक छैन, तिमीहरूले नै उनीहरूलाई केही खान देओ।” १७ चेलाहरूले उहाँलाई भने: “हामीसित यहाँ पाँच वटा रोटी र दुई वटा माछाबाहेक अरू केही पनि छैन।” १८ उहाँले भन्‍नुभयो: “ती मकहाँ ल्याओ।” १९ त्यसपछि उहाँले भीडलाई घाँस भएको ठाउँमा बस्न भन्‍नुभयो अनि पाँच वटा रोटी र दुई वटा माछा लिई स्वर्गतिर हेरेर प्रार्थना गर्नुभयो+ अनि रोटी भाँचिसकेपछि चेलाहरूलाई दिनुभयो र चेलाहरूले भीडलाई बाँडे। २० तिनीहरू सबैले पेटभरि खाए अनि उब्रेको टुक्राटाक्री जम्मा गर्दा १२ डाला भरिए।+ २१ खाने मानिसहरू स्त्री र साना केटाकेटीबाहेक लगभग ५ हजार थिए।+

  • लुका ९:१२-१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ जब दिन ढल्न थाल्यो, तब ती १२ जना उहाँकहाँ आएर भने: “भीडलाई बिदा गर्नुहोस्‌ र नजिकैका गाउँबस्तीमा गएर तिनीहरूले आफ्नो निम्ति गाँसबासको बन्दोबस्त गरून्‌ किनकि हामी यहाँ अनकन्टार ठाउँमा छौँ।”+ १३ तर उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूले नै उनीहरूलाई केही खान देओ।”+ तिनीहरूले भने: “हामीसित पाँच वटा रोटी र दुई वटा माछाबाहेक अरू केही छैन। के हामी गएर यी मानिसहरूको लागि खानेकुरा किनेर ल्याऔँ?” १४ त्यहाँ लगभग ५ हजार पुरुष थिए। उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “तिनीहरूलाई ५०-५० जना जतिको समूह बनाएर बस्न लगाओ।” १५ तिनीहरूले त्यसै गरे र सबैलाई बस्न लगाए। १६ त्यसपछि उहाँले पाँच वटा रोटी र दुई वटा माछा लिई स्वर्गतिर हेरेर प्रार्थना गर्नुभयो अनि भीडलाई बाँड्‌नको लागि ती भाँचेर चेलाहरूलाई दिन थाल्नुभयो। १७ तिनीहरू सबैले पेटभरि खाए अनि उब्रेको टुक्राटाक्री जम्मा गर्दा १२ डाला भरिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने