प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १४:२४-३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ यतिखेरसम्ममा डुङ्‌गा सयौँ मिटर* पर पुगिसकेको थियो र विपरीत दिशाबाट बतास चलिरहेको हुँदा छालले डुङ्‌गालाई बेसरी हानिरहेको थियो। २५ तर रातको चौथो प्रहरमा* उहाँ समुद्रमा हिँड्‌दै चेलाहरूकहाँ आउनुभयो। २६ उहाँ समुद्रमा हिँडिरहनुभएको देखेपछि चेलाहरू आत्तिएर यसो भन्‍न थाले: “लौ! हामी यो के देख्दै छौँ?” अनि तिनीहरू तर्सेर कराए। २७ तर येसुले तुरुन्तै तिनीहरूलाई यसो भन्‍नुभयो: “साहस गर, मै हुँ, नडराओ।”+ २८ पत्रुसले उहाँलाई यस्तो जवाफ दिए: “प्रभु, यदि तपाईँ नै हुनुहुन्छ भने मलाई पानीमाथि हिँडेर तपाईँकहाँ आउने आज्ञा दिनुहोस्‌।” २९ उहाँले भन्‍नुभयो: “हुन्छ, आऊ!” अनि पत्रुस डुङ्‌गाबाट ओर्लेर पानीमाथि हिँड्‌दै येसु भएतिर गए। ३० तर आँधी चलिरहेको देखेर तिनी डराए अनि डुब्न थालेपछि यसो भन्दै कराए: “प्रभु, मलाई बचाउनुहोस्‌!” ३१ येसुले तुरुन्तै आफ्नो हात पसारेर तिनलाई समाउनुभयो र भन्‍नुभयो: “ए विश्‍वास कमजोर भएको मानिस, तिमीले किन शङ्‌का गऱ्‍यौ?”+ ३२ अनि दुवै जना डुङ्‌गामा चढेपछि आँधी थामियो। ३३ त्यसपछि डुङ्‌गामा बसिरहेका चेलाहरूले उहाँलाई दण्डवत्‌ गर्दै भने: “तपाईँ साँच्चै परमेश्‍वरको छोरा हुनुहुँदो रहेछ।”

  • युहन्‍ना ६:१६-२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ साँझ परेपछि उहाँका चेलाहरू समुद्रतिर ओर्ले+ १७ अनि डुङ्‌गा चढेर पारिपट्टि कफर्नहुमतिर गए। यतिबेलासम्ममा अँध्यारो भइसकेको थियो अनि येसु अझैसम्म तिनीहरूकहाँ आइसक्नुभएको थिएन।+ १८ साथै बेसरी बतास चलिरहेकोले समुद्रमा छाल उठ्‌न थाल्यो।+ १९ तर डुङ्‌गा खियाएर लगभग पाँच-छ किलोमिटर* पर पुगिसकेपछि तिनीहरूले येसुलाई समुद्रमाथि हिँड्‌दै डुङ्‌गा भएतिर आउँदै गर्नुभएको देखे अनि तिनीहरू डराए। २० तर उहाँले तिनीहरूलाई भन्‍नुभयो: “मै हुँ, नडराओ!”+ २१ त्यसैले तिनीहरूले उहाँलाई डुङ्‌गामा चढाउने इच्छा गरे अनि केहीबेरमै त्यो डुङ्‌गा तिनीहरू जुन ठाउँमा गइरहेका थिए, त्यस ठाउँमा पुग्यो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने