प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १५:२२-२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ अनि हेर! ती इलाकाहरूबाट आएकी एक फोनिसियाली स्त्रीले ठूलो स्वरले रुँदै भनिन्‌: “हे प्रभु, दाउदका छोरा, ममाथि कृपा गर्नुहोस्‌। मेरी छोरीलाई प्रेतले* साह्रै सताइरहेको छ।”+ २३ तर उहाँले तिनलाई केही जवाफ दिनुभएन। त्यसैले चेलाहरू उहाँकहाँ आएर यसो भन्दै बिन्ती गर्न थाले: “यस स्त्रीलाई पठाइदिनुहोस्‌ किनकि यो रुँदै हाम्रो पछिपछि लागिरहेकी छे।” २४ उहाँले जवाफ दिनुभयो: “म इस्राएलको घरानाका ती मानिसहरूका निम्ति मात्र पठाइएको हुँ, जो हराएका भेडाहरूजस्ता छन्‌।”+ २५ तर ती स्त्री उहाँको नजिक आइन्‌ र उहाँलाई दण्डवत्‌ गर्दै यसो भनिन्‌: “प्रभु, मलाई मदत गर्नुहोस्‌!” २६ अनि उहाँले जवाफ दिनुभयो: “केटाकेटीको रोटी खोसेर कुकुरका छाउराहरूलाई दिनु उचित हुँदैन।” २७ तिनले भनिन्‌: “हो प्रभु, तर छाउराहरूले पनि त आफ्ना मालिकको टेबुलबाट झरेका टुक्राटाक्री खान पाउँछन्‌ नि।”+ २८ तब येसुले तिनलाई भन्‍नुभयो: “हे नारी, तिम्रो विश्‍वास ठूलो रहेछ। तिमीले इच्छा गरेको कुरा तिमीलाई पुगोस्‌।” तब उत्तिखेरै तिनकी छोरी निको भइन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने