प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १७:१४-१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ जब उहाँहरू भीडको नजिकै पुग्नुभयो,+ तब एक जना मानिस उहाँकहाँ आयो र घुँडा टेकेर यसो भन्‍न थाल्यो: १५ “प्रभु, मेरो छोरामाथि कृपा देखाउनुहोस्‌ किनभने छारे रोग लागेर उसले साह्रै दुःख पाएको छ। ऊ कहिले आगोमा त कहिले पानीमा लड्‌छ।+ १६ मैले उसलाई तपाईँका चेलाहरूकहाँ लगेँ तर उनीहरूले निको पार्न सकेनन्‌।” १७ तब येसुले भन्‍नुभयो: “ए अविश्‍वासी र टेढो पुस्ता,+ म तिमीहरूसित कतिन्जेल रहूँ? म तिमीहरूलाई कतिन्जेल सहूँ? उसलाई मकहाँ ल्याओ।”

  • लुका ९:३८-४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ अनि हेर! एक जना मानिस भीडबाट यसो भन्दै करायो: “हे गुरुज्यू, बिन्ती छ, एक चोटि मेरो छोरालाई हेरिदिनुहोस्‌ किनकि ऊ मेरो एउटै सन्तान हो।+ ३९ हेर्नुहोस्‌! एउटा प्रेतले उसलाई वशमा पार्छ अनि ऊ अचानक चिच्याउँछ र त्यसले उसलाई यसरी अँठ्‌याउँछ कि उसले फीँज काढ्‌छ अनि त्यसले उसलाई घाइते बनाएपछि मात्र बल्लतल्ल छोड्‌छ। ४० त्यसैले मैले तपाईँका चेलाहरूलाई त्यसलाई धपाइदिन बिन्ती गरेको थिएँ तर तिनीहरूले सकेनन्‌।” ४१ तब येसुले जवाफ दिनुभयो: “ए अविश्‍वासी र टेढो पुस्ता,+ म तिमीहरूसित कतिन्जेल रहूँ? म तिमीहरूलाई कतिन्जेल सहूँ? तिम्रो छोरालाई यहाँ ल्याऊ।”+ ४२ ऊ आउँदाआउँदै प्रेतले उसलाई भुईँमा पछाऱ्‍यो र बेसरी अँठ्‌यायो। तर येसुले त्यस प्रेतलाई हप्काउनुभयो र त्यस केटोलाई निको पारेर उसको बुबाको जिम्मा लगाउनुभयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने