प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २१:३३-४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ “अर्को एउटा उदाहरण सुन: एक जना जग्गाधनी थियो, जसले अङ्‌गुर बगान लगाएर त्यसको वरिपरि बार हाल्यो।+ त्यसपछि उसले अङ्‌गुर पेल्ने कोल खन्यो र एउटा मचान खडा गऱ्‍यो।+ अनि मोहीहरूलाई त्यसको ठेक्का दिएर आफूचाहिँ विदेशतिर लाग्यो।+ ३४ जब फल टिप्ने बेला भयो, तब उसले आफ्ना दासहरूलाई कुत उठाउन* मोहीहरूकहाँ पठायो। ३५ तर मोहीहरूले उसका दासहरूलाई समातेर एक जनालाई कुटे, अर्कोलाई मारे अनि अर्कोलाई चाहिँ ढुङ्‌गाले हानेर मारे।+ ३६ फेरि उसले पहिलेको भन्दा धेरै दास पठायो तर तिनीहरूले उनीहरूलाई पनि त्यसै गरे।+ ३७ ‘तिनीहरूले मेरो छोरालाई त आदर गर्नेछन्‌’ भन्‍ने सोच्दै अन्त्यमा उसले आफ्नो छोरालाई तिनीहरूकहाँ पठायो। ३८ तर छोराचाहिँ आएको देखेर ती मोहीहरूले आपसमा यसो भने, ‘यो त हकवाला हो।+ आओ, यसलाई मारौँ र यसको सम्पत्ति हात पारौँ।’ ३९ तब तिनीहरूले उसलाई समाते र अङ्‌गुर बगानबाहिर लगेर मारे।+ ४० अङ्‌गुर बगानको मालिक आएपछि उसले ती मोहीहरूलाई के गर्ला?” ४१ तिनीहरूले उहाँलाई जवाफ दिए: “तिनीहरू दुष्ट भएकोले उसले रतीभर दया नदेखाई तिनीहरूलाई नाश गर्नेछ र आफ्नो अङ्‌गुर बगान त्यस्ता मोहीहरूलाई दिनेछ, जसले समयमै कुत बुझाउँछन्‌।”

  • लुका २०:९-१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तब उहाँले मानिसहरूलाई यो उदाहरण सुनाउन थाल्नुभयो: “एक जना मानिसले अङ्‌गुर बगान+ लगायो अनि मोहीहरूलाई त्यसको ठेक्का दिएर आफूचाहिँ लामो समयको लागि विदेशतिर लाग्यो।+ १० फल टिप्ने बेला भएपछि उसले अङ्‌गुर बगानको कुत उठाउन* आफ्नो एक जना दासलाई मोहीहरूकहाँ पठायो। तर मोहीहरूले उसलाई कुटेर रित्तो हात फर्काइदिए।+ ११ उसले तिनीहरूकहाँ फेरि अर्को दासलाई पठायो। तर त्यसलाई पनि तिनीहरूले कुटे र बेइज्जत गरेर रित्तो हात फर्काइदिए। १२ उसले तेस्रो दासलाई पनि पठायो। त्यसलाई पनि तिनीहरूले घाइते बनाएर बाहिर फालिदिए। १३ त्यसपछि अङ्‌गुर बगानको मालिकले भन्यो: ‘म के गरूँ? म आफ्नो प्यारो छोरालाई पठाउनेछु।+ तिनीहरूले उसलाई त आदर गर्लान्‌ नि।’ १४ उसलाई देखेपछि मोहीहरूले आपसमा यस्तो मतो गरे: ‘यो त हकवाला हो। यसलाई मारौँ अनि यसको सम्पत्ति हाम्रो हुनेछ।’ १५ त्यसपछि तिनीहरूले उसलाई अङ्‌गुर बगानबाहिर लगेर मारे।+ अङ्‌गुर बगानको मालिकले अब तिनीहरूलाई के गर्नेछ? १६ ऊ आएर ती मोहीहरूलाई मार्नेछ र अङ्‌गुर बगानचाहिँ अरूलाई जिम्मा दिनेछ।”

      यो सुनेर तिनीहरूले भने: “त्यस्तो त कहिल्यै नहोस्‌!”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने