-
मत्ति २२:२३-२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ सदुकीहरू, जो मरेकाहरू फेरि जीवित हुँदैनन् भन्छन्,+ तिनीहरू पनि त्यही दिन उहाँकहाँ आए र सोधे:+ २४ “गुरुज्यू, ‘यदि कुनै मानिस निस्सन्तान मऱ्यो भने उसको भाइले आफ्नी भाउजूसित विवाह गरेर दाइको निम्ति सन्तान जन्माउनुपर्छ’ भनेर मोसाले भनेका छन्।+ २५ हामीकहाँ सात जना दाजुभाइ थिए अनि जेठोले विवाह गऱ्यो र निस्सन्तान मऱ्यो। त्यसैले भाइचाहिँले आफ्नी भाउजूसित विवाह गऱ्यो। २६ यही क्रम माइलो, साइँलो हुँदै सातौँ भाइसम्म चल्यो। २७ अन्तमा त्यो स्त्री पनि मरी। २८ त्यसोभए तिनीहरू फेरि जीवित हुँदा त्यो स्त्री ती सात जना दाजुभाइमध्ये कसकी पत्नी हुनेछे? किनकि सातै जनाले त्यसलाई पत्नी बनाइसकेका थिए।”
-
-
लुका २०:२७-३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ केही सदुकीहरू, जो मरेकाहरू फेरि जीवित हुँदैनन् भन्छन्,+ तिनीहरू उहाँकहाँ आए र सोधे:+ २८ “गुरुज्यू, मोसाले हाम्रो लागि लेखेका छन्: ‘यदि कुनै मानिस निस्सन्तान मऱ्यो तर उसकी पत्नी जिउँदै छे भने उसको भाइले आफ्नी भाउजूसित विवाह गरेर दाइको निम्ति सन्तान जन्माउनुपर्छ।’+ २९ एउटा परिवारमा सात जना दाजुभाइ थिए अनि जेठोले विवाह गऱ्यो र निस्सन्तान मऱ्यो। ३० त्यसैगरि माइलो ३१ र साइँलोले पनि त्यस स्त्रीसित विवाह गरे। यसरी सातै जनाले त्यस स्त्रीसित विवाह गरे र निस्सन्तान मरे। ३२ अन्तमा त्यो स्त्री पनि मरी। ३३ त्यसोभए तिनीहरू फेरि जीवित हुँदा त्यो स्त्री कसकी पत्नी हुनेछे? किनकि सातै जनाले त्यसलाई पत्नी बनाइसकेका थिए।”
-