-
मत्ति २७:११-१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तब येसु राज्यपालसामु उभिनुभयो र तिनले उहाँलाई प्रश्न गरे: “के तिमी यहुदीहरूका राजा हौ?” येसुले जवाफ दिनुभयो: “तपाईँ आफैले भन्नुभयो।”+ १२ तर मुख्य पुजारीहरू अनि धर्मगुरुहरूले एकपछि अर्को आरोप लगाउँदा उहाँले केही जवाफ दिनुभएन।+ १३ तब पिलातसले उहाँलाई भने: “यिनीहरू तिमीलाई के-के आरोप लगाउँदै छन्, के तिमीले सुनेनौ?” १४ तर उहाँले केही जवाफ दिनुभएन। अहँ, उहाँले एक शब्द बोल्नुभएन। यो देखेर राज्यपाल तीनछक परे।
-