प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २७:३३-३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ त्यसपछि तिनीहरू गलगथा भन्‍ने ठाउँमा पुगे, जसको अर्थ हो, खप्पर स्थान।+ ३४ अनि तिनीहरूले उहाँलाई तीतो* मिसाइएको दाखमद्य* पिउन दिए।+ तर चाखेपछि उहाँले पिउन मान्‍नुभएन। ३५ उहाँलाई खम्बामा टाँगिसकेपछि तिनीहरूले गोला हालेर उहाँको लुगा आपसमा बाँडे।+ ३६ अनि तिनीहरू त्यहाँ उहाँलाई पहरा दिँदै बसे। ३७ साथै तिनीहरूले एउटा पाटीमा यस्तो अभियोग लेखेर उहाँको शिरमास्तिर राखे: “यो यहुदीहरूको राजा येसु हो।”+

  • लुका २३:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ अनि खप्पर+ भनिने ठाउँमा पुगेपछि तिनीहरूले उहाँलाई खम्बामा टाँगे। साथै तिनीहरूले ती अपराधीहरूमध्ये एक जनालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि टाँगे।+

  • युहन्‍ना १९:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तब येसु यातनाको खम्बा* आफैले बोकेर खप्पर स्थान+ अर्थात्‌ हिब्रूमा गलगथा भनिने ठाउँमा जानुभयो।+

  • हिब्रू १३:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यसैगरि येसुले पनि आफ्नो रगतले मानिसहरूलाई पवित्र पार्न+ सहरको ढोकाबाहिर कष्ट भोग्नुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने