-
मत्ति २७:४६-४९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४६ अनि नवौँ घडीतिर येसु यसो भन्दै ठूलो स्वरले कराउनुभयो: “एली, एली, लामा सबख्थनी?” जसको अर्थ हो, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नुभयो?”+ ४७ यो सुनेर त्यहाँ उभिरहेका कसै-कसैले यसो भन्न थाले: “यो मानिसले एलियालाई बोलाउँदै छ।”+ ४८ तब तिनीहरूमध्ये एक जना तुरुन्तै दौडेर गयो अनि अमिलो दाखमद्यमा स्पन्ज चोपेर त्यसलाई नर्कटमा राख्यो अनि उहाँलाई पिउन दियो।+ ४९ तर बाँकीले चाहिँ यसो भने: “होस्, छोडिदेऊ! एलिया यसलाई बचाउन आउँछन् कि आउँदैनन्, हेरौँ न।”
-