प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १:२३-२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ त्यसबेला प्रेतले* सताएको एक जना मानिस पनि तिनीहरूको सभाघरमा थियो अनि उसले चिच्याउँदै यसो भन्यो: २४ “हे नासरी येसु, तपाईँको हामीसित के सरोकार?*+ के तपाईँ हामीलाई नाश गर्न आउनुभएको हो? तपाईँ वास्तवमा को हुनुहुन्छ, मलाई थाह छ। तपाईँ परमेश्‍वरको पवित्र जन हुनुहुन्छ!”+ २५ तर येसुले त्यसलाई हप्काउँदै भन्‍नुभयो: “चुप लाग्‌ र ऊबाट बाहिर निस्केर आइज!” २६ अनि प्रेतले उसलाई अँठ्‌यायो र चर्को स्वरमा चिच्याउँदै त्यो प्रेत ऊबाट बाहिर निस्क्यो। २७ तब सबै मानिस असाध्यै छक्क परेर आपसमा यसो भन्दै कुरा गर्न थाले: “यो के हो? यो त नयाँ शिक्षा हो! उहाँले प्रेतहरूलाई समेत अख्तियार पाएको व्यक्‍तिले जस्तो आदेश दिनुहुन्छ र तिनीहरू उहाँले भनेको मान्दा रहेछन्‌।” २८ त्यसैले उहाँको कीर्ति सारा गालिलभरि तुरुन्तै फैलियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने