प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २०:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिमीहरूले छ दिनसम्म मेहनत गरेर आफ्नो सबै काम सिद्‌ध्याउनू।+ १० तर सातौँ दिन भने यहोवा परमेश्‍वरको लागि अलग्गै छुट्ट्याइएको विश्रामदिन हो। त्यो दिन तिमीहरूले, तिमीहरूका छोरा वा छोरीले, तिमीहरूका दास वा दासीले, तिमीहरूका घरपालुवा जनावरले वा तिमीहरूको बस्तीमा बस्ने कोही पनि विदेशीले कुनै काम नगर्नू।+

  • व्यवस्था ५:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिमीहरूले छ दिनसम्म मेहनत गरेर आफ्नो सबै काम सिद्‌ध्याउनू।+ १४ तर सातौँ दिन भने यहोवा परमेश्‍वरको लागि अलग्गै छुट्ट्याइएको विश्रामदिन हो।+ त्यो दिन तिमीहरूले, तिमीहरूका छोरा वा छोरीले, तिमीहरूका दास वा दासीले, तिमीहरूका गोरु वा गधाले, तिमीहरूका कुनै पनि घरपालुवा जनावरले वा तिमीहरूको सहरमा बस्ने कोही पनि विदेशीले+ कुनै काम नगर्नू।+ यसरी तिमीहरूका दास र दासीले पनि तिमीहरूले जस्तै आराम गर्न पाउनेछन्‌।+

  • युहन्‍ना ५:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ उत्तिखेरै त्यो मानिस निको भयो र आफ्नो ओछ्यान बोकेर हिँड्‌न थाल्यो।

      त्यो विश्रामदिन* थियो। १० त्यसकारण यहुदीहरूले निको भएको त्यस मानिसलाई यसो भन्‍न थाले: “आज विश्रामदिन हो। त्यसैले तिमीले ओछ्यान बोक्नु उचित छैन।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने