-
मर्कुस ३:१४-१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ उहाँले १२ जनाको एउटा समूह बनाएर* प्रेषितहरू* भन्ने नाम पनि दिनुभयो ताकि तिनीहरू उहाँको साथमा रहिरहून् र तिनीहरूलाई प्रचार गर्न पठाउन सकियोस् १५ अनि प्रेतहरू धपाउने अख्तियार दिन सकियोस्।+
१६ उहाँले बनाउनुभएको* समूहका १२ जना+ यी नै हुन्: सिमोन, जसलाई उहाँले पत्रुस भन्ने नाम पनि दिनुभयो,+ १७ जब्दिको छोरा याकुब, याकुबको भाइ युहन्ना (उहाँले यी दुईलाई बोअनर-गेस भन्ने नाम पनि दिनुभयो, जसको अर्थ हुन्छ, “गर्जनका छोराहरू”),+ १८ अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ति, थोमा, अल्फयसको छोरा याकुब, थेदियस, जोसिलो* सिमोन १९ र यहुदा इस्करियोत, जसले पछि येसुलाई धोका दिए।
त्यसपछि उहाँ एउटा घरभित्र पस्नुभयो।
-