-
मत्ति ११:७-११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तिनीहरू आफ्नो बाटो लागेपछि येसुले भीडलाई युहन्नाको विषयमा यसो भन्न थाल्नुभयो: “तिमीहरू के हेर्न निर्जनभूमिमा गयौ?+ हावाले यताउता हल्लाइरहेको नर्कट हेर्न?+ ८ त्यसोभए के हेर्न गयौ त? मिहिन कपडाको लुगा लगाएको मानिसलाई हेर्न? त्यस्तो लुगा लगाएका मानिसहरू त महलमा हुन्छन्। ९ तिमीहरू किन गयौ, लौ साँच्चै भन त। भविष्यवक्तालाई हेर्न? हो, म तिमीहरूलाई भन्छु, भविष्यवक्ताभन्दा पनि महान् व्यक्तिलाई हेर्न।+ १० तिनी उनै हुन्, जसको विषयमा यस्तो लेखिएको छ: ‘हेर, म मेरो दूतलाई तिम्रो अघिअघि पठाउँदै छु र तिनले तिम्रो बाटो तयार पार्नेछन्!’+ ११ म तिमीहरूलाई साँच्चै भन्छु, बप्तिस्मा गराउने युहन्नाभन्दा ठूलो अहिलेसम्म कोही जन्मेको छैन तैपनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो तिनीभन्दा ठूलो हो।+
-