प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ८:३०-३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० निकै पर सुँगुरहरूको एउटा ठूलो बथान चरिरहेको थियो।+ ३१ त्यसैले प्रेतहरूले यसो भन्दै उहाँलाई बिन्ती गर्न थाले: “हामीलाई धपाउने हो भने त्यस सुँगुरको बथानमा पठाउनुहोस्‌।”+ ३२ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जाओ!” तब तिनीहरू ती मानिसहरूबाट निस्केर सुँगुरहरूभित्र पसे अनि हेर! सुँगुरको पूरै बथान भीरतिर हुत्तिँदै गयो र समुद्रमा खसेर मऱ्‍यो। ३३ तब गोठालाहरू भागे अनि उनीहरूले प्रेतहरू बास गरेका ती मानिसहरूलाई के भयो, त्योलगायत अरू सबै कुरा सहरमा गएर सुनाए। ३४ अनि हेर! येसुलाई भेट्‌न पूरै सहर उर्लेर आयो र उहाँलाई देखेपछि तिनीहरूले उहाँलाई आफ्नो इलाकाबाट गइहाल्न बिन्ती गरे।+

  • मर्कुस ५:११-१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यतिखेर सुँगुरको+ एउटा ठूलो बथान त्यो पहाडमा चरिरहेको थियो।+ १२ त्यसैले ती प्रेतहरूले उहाँलाई यसो भन्दै बिन्ती गरे: “हामीलाई ती सुँगुरहरूकहाँ पठाउनुहोस्‌ र तिनीहरूभित्र पस्न दिनुहोस्‌।” १३ अनि उहाँले तिनीहरूलाई अनुमति दिनुभयो। तब ती प्रेतहरू त्यस मानिसबाट बाहिर निस्केर सुँगुरहरूभित्र पसे अनि सुँगुरको बथान भीरतिर हुत्तिँदै समुद्रमा खस्यो। यसरी झन्डै २ हजारजति सुँगुर समुद्रमा खसेर डुबे। १४ तब गोठालाहरू भागे अनि सहर र गाउँमा गएर यसबारे सबैलाई सुनाए। अनि के भएको रहेछ भनी हेर्न मानिसहरू त्यहाँ आए।+ १५ तिनीहरू येसुकहाँ आए अनि प्रेत बास गरेको त्यस मानिसलाई लुगा लगाएर बसेको र सद्दे भएको तिनीहरूले देखे। यो त्यही मानिस थियो, जसमा पल्टन बास गर्थ्यो। यो सब देखेर तिनीहरू डराए। १६ साथै प्रेतले सताएको त्यो मानिस कसरी सद्दे भयो अनि सुँगुरहरूलाई के भयो भनी प्रत्यक्षदर्शीहरूले तिनीहरूलाई बताइदिए। १७ त्यसैले तिनीहरूले येसुलाई आफ्नो इलाकाबाट गइहाल्न बिन्ती गर्न थाले।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने