-
मर्कुस ५:२२-२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ त्यहाँ याइरस नाम गरेका सभाघरको पदाधिकारी आए र उहाँलाई देख्नेबित्तिकै तिनी उहाँको पाउ परे।+ २३ तिनले यसो भन्दै उहाँलाई धेरै पटक बिन्ती गरे: “मेरी सानी छोरी साह्रै बिरामी छे।* बिन्ती छ, तपाईँ आउनुहोस् अनि ऊमाथि आफ्नो हात राख्नुहोस्+ र ऊ निको होस् र बाँचोस्।” २४ तिनको कुरा सुनेर उहाँ तिनीसित जानुभयो। अनि एउटा ठूलो जमात पनि ठेलमठेल गर्दै उहाँको पछि लाग्यो।
-