-
लुका १८:३१-३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ तब ती १२ जना चेलालाई अलग्गै लगेर उहाँले भन्नुभयो: “हेर! हामी यरुसलेमतर्फ उक्लँदै छौँ। अनि मानिसको छोराको विषयमा भविष्यवक्ताहरूले लेखेका सबै कुरा पूरा हुनेछन्।+ ३२ जस्तै: ऊ अन्यजातिका मानिसहरूको हातमा सुम्पिइनेछ,+ उसको गिल्ला गरिनेछ,+ बेइज्जत गरिनेछ र उसलाई थुकिनेछ।+ ३३ अनि कोर्रा लगाएपछि तिनीहरूले उसलाई मार्नेछन्+ तर तेस्रो दिनमा ऊ ब्युँतनेछ।”+
-