प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २१:४५, ४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ जब मुख्य पुजारीहरू र फरिसीहरूले उहाँले बताउनुभएका यी उदाहरणहरू सुने, तब उहाँले तिनीहरूकै विषयमा पो भनिरहनुभएको रहेछ भनी तिनीहरूले बुझे।+ ४६ तिनीहरूले उहाँलाई पक्रन चाहे तर भीडसित डराए किनकि मानिसहरू उहाँलाई भविष्यवक्‍ता मान्थे।+

  • मत्ति २६:३-५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तब मुख्य पुजारीहरू र धर्मगुरुहरू कैयाफा नाम गरेका प्रधानपुजारीको घरको चोकमा भेला भए+ ४ र येसुलाई कसरी छल गरेर पक्रने* अनि मार्ने भनी आपसमा मतो गरे।+ ५ तर तिनीहरूले यसो भनिरहेका थिए: “चाडको बेलामा त होइन नत्र मानिसहरूले हुलदङ्‌गा गर्नेछन्‌।”

  • मर्कुस १४:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ निस्तार चाड*+ र अखमिरा रोटीको चाड*+ आउन दुई दिन बाँकी थियो।+ अनि मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँलाई छल गरेर पक्रने अनि मार्ने मौका खोजिरहेका थिए।+ २ तैपनि तिनीहरूले यसो भनिरहेका थिए: “चाडको बेलामा त होइन नत्र त मानिसहरूले हुलदङ्‌गा गर्न सक्छन्‌।”

  • लुका २०:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ शास्त्रीहरू र मुख्य पुजारीहरूले उहाँलाई त्यतिबेलै पक्रन खोजे। किनकि यो उदाहरण उहाँले तिनीहरूकै विषयमा भन्‍नुभएको हो भनेर तिनीहरूले बुझे तर तिनीहरू मानिसहरूसित डराए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने