५७ येसुलाई हिरासतमा लिनेहरूले उहाँलाई प्रधानपुजारी कैयाफाकहाँ लगे।+ त्यहाँ शास्त्री र धर्मगुरुहरू पनि भेला भएका थिए।+५८ तर पत्रुस भने टाढैबाट प्रधानपुजारीको चोकसम्म उहाँको पछिपछि लागे र भित्र पसे अनि के हुँदो रहेछ भनी हेर्न घरका चाकरहरूसँगै बसे।+
५३ तब तिनीहरूले येसुलाई प्रधानपुजारीकहाँ लगे+ अनि सबै मुख्य पुजारीहरू, धर्मगुरुहरू र शास्त्रीहरू त्यहाँ भेला भए।+५४ तर पत्रुस भने टाढैबाट प्रधानपुजारीको चोकसम्म उहाँको पछिपछि लागे अनि घरका चाकरहरूसँगै बसेर दन्केको आगो ताप्न थाले।+
१५ तब सिमोन पत्रुस अनि अर्को एक जना चेला येसुको पछिपछि गइरहेका थिए।+ त्यस चेलाको प्रधानपुजारीसित चिनापर्ची थियो। त्यसैले येसुलाई पछ्याउँदै ऊ प्रधानपुजारीको चोकभित्र पस्यो