प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २७:५५, ५६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५५ येसुको सेवासुसार गर्न गालिलबाट उहाँसँगै आएका थुप्रै स्त्रीले पनि टाढैबाट हेरिरहेका थिए।+ ५६ ती स्त्रीहरूमध्ये मरियम मग्दलिनी, याकुब र योसिकी आमा मरियम अनि याकुब र युहन्‍नाकी आमा* पनि थिए।+

  • मर्कुस १५:४०, ४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४० त्यहाँ केही स्त्री टाढैबाट हेरिरहेका थिए। तिनीहरूमा मरियम मग्दलिनी, सानो याकुब र योसिकी आमा मरियम अनि सलोमी पनि थिए।+ ४१ उहाँ गालिलमा हुँदा तिनीहरू उहाँसँगै हिँड्‌थे र उहाँको सेवा-सुसार गर्थे।+ यसबाहेक उहाँसँगै यरुसलेम उक्लेका अरू थुप्रै स्त्री पनि त्यहीँ थिए।

  • लुका ८:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ उहाँसँगै केही स्त्रीहरू पनि थिए, जसबाट उहाँले प्रेतहरू धपाउनुभएको थियो अनि जसका रोगबिमारहरू उहाँले निको पार्नुभएको थियो। तिनीहरूमध्ये मग्दलिनी भनिने मरियम पनि थिइन्‌, जसबाट सात वटा प्रेत निकालिएको थियो। ३ साथै हेरोदको घरको रेखदेख गर्ने नाइके खुजाकी पत्नी योअन्‍ना,+ सुसन्‍ना अनि अरू थुप्रै स्त्री पनि थिए। यिनीहरूले आफ्नो सम्पत्ति खर्चेर येसु अनि उहाँका चेलाहरूको सेवा गरिरहेका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने