प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १६:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ विश्रामदिन मनाउने आज्ञा यहोवा परमेश्‍वरले नै दिनुभएको हो भनेर नबिर्स।+ त्यसैले त उहाँले छैटौँ दिनमा तिमीहरूलाई दुई दिनको लागि पुग्ने खानेकुरा दिनुहुन्छ। सातौँ दिनमा सबै जना आ-आफ्नै इलाकामा बस्नू, कोही पनि बाहिर नजानू।”

  • प्रस्थान २०:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिमीहरूले छ दिनसम्म मेहनत गरेर आफ्नो सबै काम सिद्‌ध्याउनू।+ १० तर सातौँ दिन भने यहोवा परमेश्‍वरको लागि अलग्गै छुट्ट्याइएको विश्रामदिन हो। त्यो दिन तिमीहरूले, तिमीहरूका छोरा वा छोरीले, तिमीहरूका दास वा दासीले, तिमीहरूका घरपालुवा जनावरले वा तिमीहरूको बस्तीमा बस्ने कोही पनि विदेशीले कुनै काम नगर्नू।+

  • प्रस्थान ३१:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ छ दिनसम्म काम गर्नू तर सातौँ दिन भने विश्रामदिन हो, पूरै आराम गर्ने दिन।+ यो दिनलाई यहोवा परमेश्‍वर पवित्र ठान्‍नुहुन्छ। विश्रामदिनमा कसैले काम गरेमा ऊ मारियोस्‌।

  • व्यवस्था ५:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “‘यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ तिमीहरूले विश्रामदिन* मनाउन नबिर्सनू र त्यसलाई पवित्र मान्‍नू।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने