प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १२:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तर तिमीहरूका सबै कुललाई दिइएको इलाकाबाट यहोवा तिमीहरूका परमेश्‍वरले आफ्नो नामको महिमा गर्न र आफ्नो निवासस्थान बनाउन जुनचाहिँ ठाउँ रोज्नुहुन्छ, तिमीहरूले त्यहीँ गएर उहाँको उपासना गर्नू।+ ६ तिमीहरूले आ-आफ्नो अग्निभेटी,*+ बलिदान, दशांश,*+ तिमीहरूले दिने दान,+ भाकलभेटी,* स्वैच्छिकभेटी+ र तिमीहरूको गाईवस्तु वा भेडाबाख्राको पहिलो सन्तानलाई त्यहीँ गएर चढाउनू।+

  • १ राजा ९:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यहोवा परमेश्‍वरले तिनलाई भन्‍नुभयो: “मैले तिम्रो प्रार्थना र मेरो कृपाको लागि तिमीले गरेको बिन्ती सुनेँ। तिमीले मेरो लागि बनाएको यस भवनसित सधैँभरि आफ्नो नाम जोडेर मैले यसलाई पवित्र पारेको छु।+ मेरो नजर र मेरो हृदय यहाँ सधैँभरि रहनेछ।+

  • २ इतिहास ७:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यसपछि यहोवा परमेश्‍वर राती सुलेमानकहाँ प्रकट हुनुभयो+ र यसो भन्‍नुभयो: “मैले तिम्रो प्रार्थना सुनेँ। मैले यस ठाउँलाई आफ्नो निम्ति बलिदान चढाइने भवनको रूपमा रोजेको छु।+

  • भजन १२२:शिर बेहोरा-९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • उकालीको गीत। दाउदको रचना।

      १२२ तिनीहरूले मलाई यसो भन्दा म रमाएँ:

      “आऊ, हामी यहोवाको भवनमा जाऔँ।”+

       २ हे यरुसलेम, हाम्रा खुट्टाहरू अहिले

      तेरा मूलढोकाहरूभित्र खडा छन्‌।+

       ३ यरुसलेम एक सहर जस्तैगरि निर्माण गरिएको छ,

      जसका भवनहरू एकसाथ जोडिएका छन्‌।+

       ४ इस्राएललाई दिइएको सम्झौटाअनुसारै

      यहोवाको नामको प्रशंसा गर्न+

      कुल-कुलका मानिसहरू त्यहाँ उक्लेका छन्‌,

      याहका* कुलहरू।

       ५ किनकि त्यहाँ न्यायको सिंहासन बसालियो,+

      दाउदको घरानाको सिंहासन।+

       ६ यरुसलेमको लागि शान्तिको कामना गर।+

      हे सहर, तँलाई प्रेम गर्नेहरू सुरक्षित रहनेछन्‌।

       ७ तेरा बलिया पर्खालहरूभित्र शान्ति कायम रहोस्‌,

      तेरा बलिया किल्लाहरूभित्र बस्नेहरू सुरक्षित रहून्‌।

       ८ मेरा दाजुभाइहरू र मेरा मित्रहरूको खातिर म यसो भन्‍नेछु:

      “तँमा शान्ति छाओस्‌।”

       ९ यहोवा हाम्रा परमेश्‍वरको भवनको खातिर+

      म तेरो भलो चिताउनेछु।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने