२८ त्यसपछि येसुले भन्नुभयो: “तिमीहरूले मानिसको छोरालाई टाँगेपछि*+ यो थाह पाउनेछौ कि आउनेवाला मै हुँ+ र म आफूखुसी केही पनि गर्दिनँ+ तर बुबाले मलाई जे-जे सिकाउनुभयो, ती नै कुराहरू बोल्छु।
१० म बुबासित एकतामा छु र बुबा मसित एकतामा हुनुहुन्छ भनेर के तिमी विश्वास गर्दैनौ?+ म तिमीहरूलाई जे भन्छु, त्यो आफ्नै तर्फबाट भन्दिनँ+ तर मसित एकतामा हुनुहुने बुबाले मद्वारा आफ्नो काम गर्दै हुनुहुन्छ।