प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २१:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “विषालु सर्पको एउटा मूर्ति बनाएर त्यसलाई खामोमा झुण्ड्‌याउनू। कसैलाई सर्पले डसेमा उसले त्यस मूर्तिलाई हेरोस्‌ र ऊ बच्नेछ।” ९ त्यसैले मोसाले तुरुन्तै गएर तामाको एउटा सर्प+ बनाए र त्यसलाई खामोमा झुण्ड्‌याए।+ सर्पले डसेको कसैले तामाको सर्पलाई हेरेमा ऊ बाँच्थ्यो।+

  • दानिएल ७:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ “रातीको दर्शनमा मैले हेरी नै रहेको थिएँ। तब हेर! आकाशका बादलहरूसँगै मानिसको छोराजस्तै+ कोही आइरहेको देखेँ र तिनलाई ‘अतिप्राचीन’-कहाँ+ जान अनुमति दिइयो र तिनलाई तिनीहरूले उहाँको अगाडि ल्याए।

  • मत्ति २६:६४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६४ येसुले तिनलाई भन्‍नुभयो: “तपाईँ आफैले भन्‍नुभयो। तर म तपाईँहरू सबैलाई भन्छु: अबदेखि तपाईँहरूले मानिसको छोरालाई+ सर्वशक्‍तिमान्‌को दाहिनेपट्टि बसिरहेको+ र आकाशका बादलहरूमा आउँदै गरेको देख्नुहुनेछ।”+

  • युहन्‍ना ३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ जसरी मोसाले निर्जनभूमिमा सर्पलाई टाँगे,*+ त्यसरी नै मानिसको छोरा पनि टाँगिनै पर्छ*+

  • युहन्‍ना १२:३२, ३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ तर जहाँसम्म मेरो कुरा छ, जब म पृथ्वीबाट माथि उचालिन्छु,+ तब हरकिसिमका मानिसहरूलाई आफूतर्फ आकर्षित गर्नेछु।” ३३ आफूले कस्तो प्रकारको मृत्यु भोग्न लागेको छु भनी देखाउन+ उहाँले वास्तवमा यी कुराहरू भनिरहनुभएको थियो।

  • गलाती ३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ ख्रिष्टले हामीलाई किन्‍नुभयो+ र हाम्रो सट्टामा आफै श्रापित हुनुभएर हामीलाई मोसाको व्यवस्थाको श्रापबाट छुटाउनुभयो+ किनभने यस्तो लेखिएको छ: “खम्बामा टाँगिएको हरेक मानिस श्रापित हुन्छ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने