८ त्यति मात्र होइन, मानिसको रूपमा जन्मेपछि उहाँले आफूलाई नम्र बनाउनुभयो र मृत्युसम्मै आज्ञाकारी हुनुभयो,+ हो, यातनाको खम्बाको* मृत्युसम्मै+ आज्ञाकारी हुनुभयो।
९ तर हामीले येसुलाई भने देखेका छौँ, जो स्वर्गदूतहरूभन्दा अलि निम्न कोटिको बनाइनुभएको थियो+ र मृत्यु भोग्नुभएकोले अहिले उहाँलाई महिमा र आदरको मुकुट पहिराइएको छ।+ परमेश्वरको असीम अनुग्रहद्वारा उहाँले सबैको निम्ति मृत्यु चाख्नुभयो।+
२ अनि हाम्रो विश्वासको मुख्य माध्यम र यसलाई पूर्ण तुल्याउनुहुने येसुलाई+ एकटक लगाएर हेरौँ। किनकि उहाँले आफ्नो अगाडि राखिएको आनन्दका लागि बेइज्जतीको समेत वास्ता नगरेर यातनाको खम्बामा* मृत्यु सहनुभयो र उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।+