१० म बुबासित एकतामा छु र बुबा मसित एकतामा हुनुहुन्छ भनेर के तिमी विश्वास गर्दैनौ?+ म तिमीहरूलाई जे भन्छु, त्यो आफ्नै तर्फबाट भन्दिनँ+ तर मसित एकतामा हुनुहुने बुबाले मद्वारा आफ्नो काम गर्दै हुनुहुन्छ।
२१ ताकि तिनीहरू सबै एक* होऊन्।+ हे बुबा, जसरी तपाईँ मसित एकतामा हुनुहुन्छ अनि म तपाईँसित एकतामा छु,+ त्यसैगरि तिनीहरू पनि हामीसित एकतामा होऊन् ताकि तपाईँले मलाई पठाउनुभएको हो भनेर संसारले विश्वास गरोस्।