प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २६:६-१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ येसु बेथानीमा कुष्ठरोगी सिमोनको घरमा हुनुहुँदा+ ७ एउटी स्त्री अलाबास्टरको* भाँडोमा महँगो सुगन्धित तेल लिएर उहाँकहाँ आई र उहाँ खान बसिरहनुभएको बेला उहाँको शिरमा त्यो खन्याउन थाली। ८ यो देखेर चेलाहरूलाई चित्त बुझेन र तिनीहरूले यसो भने: “किन यत्रो नोक्सानी? ९ यो निकै महँगो दाममा बेचेर त्यसबाट आएको पैसा गरिबहरूलाई दिन सकिन्थ्यो।” १० तिनीहरू के कुरा गर्दै छन्‌ भनी थाह पाएर येसुले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू किन यस स्त्रीलाई दुःख दिन खोज्छौ? उसले मेरो लागि असलै काम गरेकी छे।

  • मर्कुस १४:३-६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ उहाँ बेथानीमा कुष्ठरोगी सिमोनको घरमा खान बसिरहनुभएको बेला एउटी स्त्री अलाबास्टरको* भाँडोमा असल जटामसीको असाध्यै महँगो सुगन्धित तेल लिएर आई। त्यसपछि उसले अलाबास्टरको भाँडो खोलेर उहाँको शिरमा तेल खन्याउन थाली।+ ४ यो देखेर कसै-कसैलाई चित्त बुझेन अनि आपसमा यसो भने: “यस्तो सुगन्धित तेलको किन यत्रो नोक्सानी? ५ किनकि यो सुगन्धित तेल ३०० दिनारभन्दा* बढी मूल्यमा बेचेर त्यसबाट आएको पैसा गरिबहरूलाई दिन सकिन्थ्यो!” अनि तिनीहरू त्यस स्त्रीसित असाध्यै रिसाए।* ६ तर येसुले भन्‍नुभयो: “भैगो, छोडिदेओ। तिमीहरू किन उसलाई दुःख दिन खोज्छौ? उसले मेरो लागि असलै काम गरेकी छे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने