-
मर्कुस १४:३-९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ उहाँ बेथानीमा कुष्ठरोगी सिमोनको घरमा खान बसिरहनुभएको बेला एउटी स्त्री अलाबास्टरको* भाँडोमा असल जटामसीको असाध्यै महँगो सुगन्धित तेल लिएर आई। त्यसपछि उसले अलाबास्टरको भाँडो खोलेर उहाँको शिरमा तेल खन्याउन थाली।+ ४ यो देखेर कसै-कसैलाई चित्त बुझेन अनि आपसमा यसो भने: “यस्तो सुगन्धित तेलको किन यत्रो नोक्सानी? ५ किनकि यो सुगन्धित तेल ३०० दिनारभन्दा* बढी मूल्यमा बेचेर त्यसबाट आएको पैसा गरिबहरूलाई दिन सकिन्थ्यो!” अनि तिनीहरू त्यस स्त्रीसित असाध्यै रिसाए।* ६ तर येसुले भन्नुभयो: “भैगो, छोडिदेओ। तिमीहरू किन उसलाई दुःख दिन खोज्छौ? उसले मेरो लागि असलै काम गरेकी छे।+ ७ गरिबहरू त तिमीहरूसित सधैँभरि हुन्छन्+ र तिमीहरू उनीहरूको भलो हुने काम आफ्नो इच्छाअनुसार जहिले पनि गर्न सक्छौ तर म भने तिमीहरूसित सधैँभरि हुँदिनँ।+ ८ उसले जे गर्न सक्थी, त्यही गरेकी छे। यसरी मेरो शरीरमा सुगन्धित तेल लगाइदिएर उसले मेरो मृत्युपछि मलाई गाड्न तयारी गरेकी छे।+ ९ म तिमीहरूलाई साँच्चै भन्छु, सारा संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ,+ त्यहाँ-त्यहाँ यस स्त्रीले गरेको कुरा पनि उसको सम्झनामा सुनाइनेछ।”+
-
-
युहन्ना १२:१-८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ निस्तार चाड* सुरु हुनुभन्दा छ दिनअघि येसु बेथानी आइपुग्नुभयो। येसुले मृत्युबाट ब्युँताउनुभएका लाजरस यहीँका थिए।+ २ त्यसैले तिनीहरूले त्यहाँ उहाँको लागि साँझको भोज तयार पारे। मार्था उहाँहरूको सेवा गरिरहेकी थिइन्।+ अनि उहाँसित खान बसिरहेका मानिसहरूमा लाजरस पनि थिए। ३ तब मरियमले आधा लिटरजति* असल जटामसीको असाध्यै महँगो सुगन्धित तेल ल्याएर येसुको पाउमा खन्याइन् र आफ्नो केशले उहाँको पाउ पुछिन्। अनि पूरै घर सुगन्धित तेलको मगमग बास्नाले भरियो।+ ४ तर उहाँका चेलाहरूमध्ये एक जना, यहुदा इस्करियोत,+ जसले उहाँलाई धोका दिन आँटेका थिए, तिनले भने: ५ “यो सुगन्धित तेल ३०० दिनारमा* बेचेर त्यसबाट आएको पैसा गरिबहरूलाई किन दिइएन?” ६ वास्तवमा तिनले गरिबहरूको चिन्ता गरेर यसो भनेका थिएनन् तर तिनी चोर थिए। तिनले कन्तुर बोक्ने गर्थे र त्यसमा राखिएको पैसा चोर्ने गर्थे। ७ तब येसुले भन्नुभयो: “भैगो, उनलाई नरोक। मेरो लास गाड्ने दिनको तयारीस्वरूप उनले यसो गरेकी छिन्।+ ८ गरिबहरू त तिमीहरूसित सधैँभरि हुन्छन्+ तर म भने तिमीहरूसित सधैँभरि हुँदिनँ।”+
-